मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना प्रभाव : ‘निफ’ यो वर्ष अनलाइन हुने

कोरोना प्रभाव : ‘निफ’ यो वर्ष अनलाइन हुने


काठमाडौं । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) यो पटक अनलाइन माध्यमबाट हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले २५ जनाभन्दा धेरै उपस्थित हुन नपाउने मापदण्ड जारी गरेपछि ‘निफ’ अनलाइन हुने भएको हो । 

सरकारको निर्देशन अनुसार नै उद्घाटन र समापन समारोह मापदण्ड अनुसार गरिने तर त्यसलाई विभिन्न माध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पुयाईने आयोजकले जनाएको छ । फेस्टिभलका चलचित्रहरुलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सक्ने सुविधा प्रदान गरिने ‘निफ’का अध्यक्ष केपी पाठकले जानकारी दिए । 

फेस्टिभलका विषयगत बहसको कार्यक्रम प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने र त्यसमा दर्शकले सहभागिता जनाउन सक्ने उनले बताए । 

“भौतिक रुपमै फेष्टिभल गर्ने तयारी भइरहेको थियो । यसकै लागि हामीले नियमित सेड्युलबाट सारेर वैसाखमा ल्याएका थियौं, तर परिस्थिति अनुकुल नभएकाले यसपटक हामीले अनलाइन गर्न बाध्य भयौं,” अध्यक्ष पाठक भन्छन्, “तर, यसले हामीलाई अझ धेरै दर्शकसम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ । पहिला हामीसँग फेस्टिभल आयोजना स्थलसम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामीसँग हुनेछन् । यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ भन्ने विश्वास गरेका छौं ।”

चौथो संस्करणमा आयोजना हुन लागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।