मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १ सय २० जनाले कोभिड १९ बिरुद्धको दोश्रो डोज खोप लगाए

अछाममा १ सय २० जनाले कोभिड १९ बिरुद्धको दोश्रो डोज खोप लगाए


अछाम । अछाम जिल्लामा कोरोना भाईरस बिरुद्ध पहिलो चरणमा खोप लगाएका १ सय २० जनाले दोश्रो डोज लगाएका छन् ।

आज पहिलो दिन जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा मार्फत उनिहरुले दोश्रो डोज लगाएका स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

बयालपटा अस्पतालबाट ३७ जना महिला तथा ४३ जना पुरुष गरी ८० जना र जिल्ला अस्पताल मंगलसेनबाट ४० जनाले दोश्रो डोज खोप लगाएका हुन् ।

स्थानिय तहका स्वास्थ्य शाखा मार्फत जिल्लाका दशवटै स्थानिय तहंमा पहिलो चरणमा खोप लगाएकाहरुका लागि दोश्रो डोज खोप लगाउने भएपनि आज पहिलो दिन बयालपाटा अस्पताल र जिल्ला अस्पतालमा मात्र खोप लगाईएको छ ।

भोली देखि स्थानिय तहका स्वास्थ्य शाखा मार्फत नै खोप कार्यक्रम संचालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

पहिलो दिन आज स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविकाले खोप लगाएका छन् भने भोलि ९ गते जन प्रतिनिधि र कर्मचारीलाई खोप् लगाउने कार्यक्रम रहेको ढुंगानाले बताए।

गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।