मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जेसिजले उद्यमशीलता विकास सम्बन्धि ५ दिने तालिम गर्दै

अछाम जेसिजले उद्यमशीलता विकास सम्बन्धि ५ दिने तालिम गर्दै


अछाम – उद्यमशीलता विकास सम्बन्धि पाँच दिने तालिम अछामको मंगलसेनमा आयाेजना गरिने भएको छ । विजनेश ईन्क्युवेशन एण्ड एक्सलेरेशन प्राेग्राम अन्तर्गत उद्यमशीलता सम्बन्धि तालिम सञ्चालन हुन लागेकाे हाे ।

युएसएडकाे आर्थिक सहयाेग, डिभीएस तथा कर्णाली रिभर बेसिन कन्जर्भेशन फण्ड र बिआर्सी नेपालकाे सहजीकरण तथा अछाम जेसिजकाे आयाेजनामा तालिमकाे आयाेजना गर्न लागिएको हाे । साेमबारबाट शुरु हुने तालिमको बारेमा आज मंगलसेनमा भएको पत्रकार सम्मेलनमा तालिमकाे बारेमा जानकारी गराईएकाे हाे ।

अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली रिभर बेसिन कन्जर्भेशन फण्ड (KRBCF) का प्रमुख गाैरब देवकाेटाले संस्थाले गरिररहेकाे काम र तालिमकाे बारेमा जानकारी गराए । आफुले कर्णाली नदीकाे उद्गम स्थलबाट पैदल यात्रा गरि ४४ दिन लगाएर अन्तिम स्थलसम्म पुगेकाे भन्दै यसकाे प्रभावित क्षेत्रमा उद्यमशीलताकाे विकास गर्न जरुरी रहेको उनले बताए।

तालिमका प्रशिक्षक किंग्स कलेज काठमाण्डाैँका प्रतिकराज न्याैपानेले उद्यम गरिरहेका र गर्ने साेच भएकाहरुलाई उद्यमतर्फ थप आकर्षित गराई सफल व्यवसायी बनाउन तालिमले सहयाेग गर्ने बताए । तालिम व्यवहारिक हुने भन्दै युवामा उद्यमशीलताकाे विकास, सफल व्यवसायी बन्न प्रेरित गर्ने तथा राम्रो उद्यम गर्न सक्ने बनाउने तालिमकाे उद्देश्य रहेकाे प्रशिक्षक न्याैपानेकाे भनाइ छ ।

तालिममा २२ जना युवा उद्यमीकाे सहभागिता रहने तालिमकाे संयाेजन गरि रहनु भएका जेसीजका निवर्तमान अध्यक्ष तुलाराम न्याैपानेले जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षक अभिषेक नेपाल पत्रकार शिवराज ढुंगाना, रामाराेशन दैनिकका सम्पादक तथा अछाम जेसिजका पूर्व अध्यक्ष नरेशकुमार शाही, रेडियो गाउँघरका प्रमुख टेक बहादुर थापा, अछाम जेसिजका पदाधिकारी लगायतको सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन अछाम जेसिजका महासचिव टेकराज भण्डारीले गरेका थिए ।