मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपाल, भीम रावललगायत २० नेतालाई एमालेमा अन्तिम मौका

माधव नेपाल, भीम रावललगायत २० नेतालाई एमालेमा अन्तिम मौका


काठमाडौं- नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई फेरि एक पटक स्पष्टीकरण सोध्ने भएको छ।

आज (सोमबार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिँदा फ्लोर क्रस गर्ने नेता प्रकाश ज्वाला र यो कार्यमा प्रयोग भएका अन्य नेताहरु, सघाउनेसहित थप २० जनालाई २ दिनको अन्तिम चेतावनी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

स्पष्टीकरण सोधिएका नेताहरुले मनासिव जवाफ नदिए उनीहरुलाई १० गते बस्ने बैठकले थप कारबाहीको निर्णय गर्ने निर्णय भएको छ।

मनासिव जवाफ दिएमा उनीहरुको गल्तीको आधारमा सफाइ प्रस्ताव पेश गर्ने मौका दिने निर्णयसमेत बैठकले गरेको छ।