मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुशलको अर्धशतकमा नेपालको सानदार जित

कुशलको अर्धशतकमा नेपालको सानदार जित


काठमाडौं । कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा सहज जित निकालेको छ । 

सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतिमा ११३ रन बनायो । 

नेपालका लागि कुशलले ६१ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । 

नेपालका लागि आसिफ शेखले ४२ रन बनाए । उनले २९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । 
आसिफ ११ ओभर १ बलमा भरुनदीपको बलमा क्याच आउट भएका थिए । 

आसिफले कुशल भुर्तेलसँग १०२ रनको साझेदारी गरेका थिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनायो ।  
मलेसियाले दोस्रो ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि करण केसीले पहिलो विकेट लिए ।  करणले अनओर उदिनलाई ८ रनमा आउट गराएका हुन् ।

मलेसियाले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेट गुमायो । मलेसियाका कप्तान चौथो ओभरको दोस्रो बलमा ३ रन आउट भए । नेपालका करण केसीले फालेको बलमा विकेट किपर विनोद भण्डारीले रन आउट गराएका हुन् ।

सातौं ओभरको अन्तिम बलमा मलेसियाले आफ्नो तेस्रो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिएका थिए । उनले भिरन्दीप सिंहलाई बोल्ड आउट गराएका हुन् । भिरन्दीपले मलेसियाका लागि ६ रन बनाए ।

मलेसियाले आठौं ओभरको पाँचौ बलमा आफ्ना सेट ब्याट्सम्यान सायद अजिजको रुपमा चौथो विकेट गुमाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अजिजलाई क्याच आउट गराएका हुन् । दिपेन्द्रले फालेको बलमा आसिफ शेखले क्याच आउट गराए । अजिजले मलेसियाका लागि २७ रनको योगदान गरे ।

मलेसियाले आफ्नो पाँचौं विकेटको रुपमा साकिव सारिफलाई गुमाएको थियो । सन्दीप लामिछानेले पाँचौ विकेट लिएका थिए ।

उनले ११ ओभरको दोस्रो बलमा साकिव सारिफलाई बोल्ड आउट गराए । सरिफले मलेसियाका लागि १५ रन बनाएर आउट भए ।
मलेसियाले १२ ओभरको अन्तिम बलमा आफ्नो छैटौं विकेट गुमायो । मलेसियाका अमिउदिन राम्ले ५ रन बनाएर आउट भए ।

उनलाई शाहव आलमले क्याच आउट गराएका थिए । उनले १२ औं ओभरको अन्तिम बलमा अमिउदिन राम्लेलाई क्याच आउट गराए । शाहवको बलमा राम्लेलाई अविनास बोहोराले क्याच आउट गराए ।
नेपालका लागि करण केसीले नवौं विकेट लिए । उनले १६ ओभरको तेस्रो बलमा उनले मलेसियाका सार्भिन मुनियदलाई क्याच आउट गराए । करणको बलमा कुशल भुर्तेलले क्याच आउट गराए ।  

१५ ओभरको दोस्रो बलमा मलेसियाको सातौं विकेट पतन भयो । मलेसियाका किजर हायात स्टमपिङ आउट भए । उनलाई कुशल मल्लले ४ रनमा आउट गराएका थिए । नेपालका लागि  मलेसियाले १६ औं ओभरमा आफ्नो आठौं विकेट गुमाएको थियो । नेपालका करण केसीले १६ ओभरको पहिलो बलमा स्याजरुल इर्दुसलाई क्याच आउट गराएका हुन् । करणको बलमा साहव आलमले स्याजरुललाई क्याच आउट गराए ।
करणले नै १६ औं ओभरको तेस्रो बलमा मलेसियाको नवौं विकेट पतन गराएका थिए । उनले मलेसियाका सार्भिन मुनियदलाई क्याच आउट गराए । करणको बलमा कुशल भुर्तेलले क्याच आउट गराए ।

जितसँगै नेपालले सिरिजमा २ खेलबाट ४ अंक जोडेको छ । नेपालले आफ्नो फाइलन प्रवेशको सम्भावनालाई पनि बलियो पारेको छ । मलेसियाको भने यो दोस्रो हार हो । मलेसिया पहिलो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो । 

नेदरल्यान्ड्सले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलमा मलेसियामाथि १५ रनको जित निकालेको थियो । नेपालले सिरिज अन्तर्गत भोली (मंगलबार) नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।