मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए, १५ सयको मृत्यु

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए, १५ सयको मृत्यु


काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा यो संख्या २ लाख ३४ हजार ६९२ थियो । 

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५०१ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।  

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १५० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको तथ्यांक छ ।