मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

मंगलसेन नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा


अछाम : जिल्लाको मंगलसेन नगरपालीका ७ औँ पालीकाको रुपमा पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालीकाका १४ वटै वडाका शुन्य देखि १५ महिना र १६ महिना देखि २३ महिना सम्मका बालबालिकाले हाल पुर्ण रुपमा खोप पाईरहेकाले पुर्ण खोप सुनिश्चितता नगरपालीका घोषणा गरिएको हो ।

नगरपालीकाको १ देखि १४ वडा सम्मका शुन्य देखि १५ महिना भित्रका ६ सय ५५ र १६ महिना देखि २३ महिना सम्मका ३ सय २३ बालबालिकाले पुर्ण खोप यतिबेला पाईरहेकाले घोषणा गर्न सफल भएका नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बताए । नगरपालीकाको खोप अभियानको तथ्यांक प्रस्तुत गर्दै सोडारीले खोप सुनिश्चितता घोषणा अभियान एकचोटी गरेर मात्र नभई निरन्तरताको अभियानको भएको बताए ।

नगरपालीका पुर्ण खोप समन्वय समिती संयोजक तथा नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी रावलले सामाजिक अभियानको दायित्व बोझ सरकारले ग्रहण गर्नुपर्ने बताए । शिक्षा र स्वास्थ्य जस्ता जन्मसिद्ध अधिकार सरकारले दिन सक्नु पर्नेमा जोड दिदै यस तर्फ सबले ध्यान दिनुपर्ने बताए ।

देशको बाल मुत्युदर घटाउन नै पुर्ण खोप सुनिश्चितता अभियान संञ्चालन हुने भएकाले सबैले साथ दिनु पर्ने बताए । नागरिकको शारिरीक बिकासले समृद्ध देश बनाउने अभियानमा टेवा पुग्ने भएकाले राज्यको ध्यान त्यसतर्फ जानु पर्ने धारणा राखे । कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले हरेक वडाको तथ्यांकले पुर्ण खोप सुनिश्चितता अभियानलाई सहयोग गर्ने भएकाले सबै कार्यको विवरण संकलन हुनुपर्ने बताए ।

रोग लाग्नु भन्दा पनी न्युनिकरण गर्ने सचेतिकरणका कार्यक्रममा ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगांनाले स्वास्थ्यका हरेक सुचकमा सबैले ध्यान दिनुपर्ने बताए । यतिबेला अछाम जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियान चलिरहेकाले सबैलाई साथ दिन आग्रह गरे ।

कार्यक्रममा सम्पुर्ण वडाअध्यक्षको तर्फबाट मंगलसेन नगरपालीका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, सबै महिला स्वास्थ्य स्वयमसेविकको तर्फबाट बिमा बिष्टले प्रतिबद्धता सहीत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यपालीका सदस्य, वडाअध्यक्ष, स्वास्थ्यकर्मि, महिला स्वंयमसेविकाको सहभागीता रहेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेब चन्द्र प्रसाद ढुगांनाले गरेका थिए ।