मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाली पेटमा किन खानु हुँदैन दूधको चिया? कालो चिया ठिक की दूधको ?

खाली पेटमा किन खानु हुँदैन दूधको चिया? कालो चिया ठिक की दूधको ?


काठमाडौं- अधिकांश व्यक्ति चियाको पारखी हुन्छन्। कतिको दिन त चियाबाटै सुरु हुने गर्छ। तुलनात्मक रुपमा दूधको चिया मन पराउने व्यक्तिहरु बढी भेटिन्छन्। 

मसाला चिया, मट्का चिया, फ्लेबरवाला लगायतका धेरै प्रकारका चियाहरु अहिले बजारमा खान पाईन्छ। तर चिकित्सकहरु दूधको चिया स्वास्थ्यका निम्ति फाइदाजनक नहुने बताउँछन्। दूध चियाको सट्टा कालो चिया, ग्रिन टी, हर्बल टी स्वास्थ्यवर्धक मानिन्छ। 

पोषणविद् बिनिता पन्त दूध चियाको सट्टा कालो चिया, ग्रिन टी, हर्बल टी पिउन सुझाव दिन्छिन्। यद्यपि यी चियाहरु पनि कुन समय, कति मात्रा र कसरी सेवन गरिन्छ भन्नेमा पनि भर पर्दछ। 

दूध चिया दिनमा दुई कपसम्म लिन मिल्ने उनले बताइन्। हामी खाना र खाजासँगै चिया पिउँछौ तर यो स्वास्थ्यका निम्ति ठिक नभएको उनी बताउँछिन्। खाना र खाजा खाएको कम्तीमा पनि एक घण्टाको फरकमा चिया पिउन सकिने उनले बताइन्। 

स्वास्थ्यका लागि दूधको चिया की कालो चिया ठिक हो ?
– स्वास्थ्यका निम्ति दूधको तुलनामा कालो चिया नै राम्रो हुन्छ।
– कालो चिया राम्रो भएपनि कति र कसरी प्रयोग गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ।

त्यसो भए कालो चिया कसरी र कति प्रयोग गर्ने?
– एक दिनमा धेरैमा तीन कपसम्म कालो चिया पिउन सकिन्छ।
– कालो चिया स्वास्थ्यका लागि राम्रो भएपनि चिनी कति मात्रामा लिन्छौं भन्ने कुरामा ध्यान दिनुपर्छ।
– धेरै चिनी राखेर कालो चिया पिउँदा मोटोपना, मधुमेह लगायत रोगहरु निम्तन सक्छ। 
– दूधको चिया दैनिक एकदेखि दुई कपसम्म पिउन सकिन्छ।
– पटक पटक पकाइएको भाडामा दूधको चिया पकाउँदा एसीडिक हुन्छ। 
– दूधको चियाले धेरैलाई ग्याष्ट्रिक हुने, पेट फुल्ने, पेट पोल्ने समस्या पनि हुन्छ।

दूधको चियाले ग्याष्ट्रिकसँगै अन्य के–के स्वास्थ्य समस्याहरु निम्त्याउँछ?
– दूध चियामा भएको टानिन्स भन्ने पदार्थले आइरन ग्रहण गर्न दिँदैन।
– चिया र खाजासँगै दूधको चिया खानु ठिक होइन।

अहिले विभिन्न चियाहरु बजारमा उपलब्ध छन्। ग्रिन टी, हर्बल टी। के यी स्वास्थ्यका निम्ति ठिक हुन्?
– ग्रिन, हर्बल र ब्ल्याक टी स्वास्थ्यका निम्ति राम्रो मानिन्छ।
– ग्रिन टी कम प्रशोधित हुने भएकाले यो स्वास्थ्यका लागि लाभदायक हो।
– यी चियामा पाइने एन्टीअक्सिडेन्टले स्वास्थ्यलाई फाइदा गर्छ।

दिनमा कुन समय, कति पटक र कसरी चिया पिउन सकिन्छ?
– धेरै व्यक्ति ग्याष्ट्रिकबाट पीडित हुन्छन्। त्यसकारण खाली पेटमा दूधको चिया पिउनु हुँदैन।
– दूधको चिया छोड्न सकिँदैन भने दिनमा एकदेखि दुइ कप मात्र लिने।
– चिया पिउनै नहुने भन्ने होइन। तर कति मात्रामा, कुन समय र कसरी पकाइको छ भन्ने कुरामा विचार गर्नुपर्छ।
– खाना खाएको कम्तीमा पनि एक घण्टापछि चिया खान सकिन्छ। 
– ग्रिन टी या ब्ल्याक टी पिउँदा सँगै कार्बोहाइड्रेटयुक्त खाना लिँदा राम्रो हुन्छ। – स्वास्थ्यखबर