मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु

दैलेखमा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु


दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुल्लु नगरपालिका २ का ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। १५ दिनअघि भारतबाट फर्किएका उनी भारतमै संक्रमित भएका हुन्। 

‘भारतमै कोरोनाको पुष्टि भएको रहेछ। तर कागजात च्यातेर गाउँ फर्केका रहेछन्’, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले भने, ‘नाकामा कोरोना पोजेटिभ भएको रेकर्डपछि जिल्लामा परीक्षण गरेनौं।’

गाउँ फर्कंदा नेपालगन्जको रुपैडिहा नाकामा गरिएको परीक्षणमा उनी कोरोना संक्रमित रहेको पुष्टि भएको रेग्मीले बताए।

‘नेपालगन्ज नाकामा बुझ्दा कोरोना संक्रमित भएको रेकर्ड देखियो’, रेग्मीले भने, ‘कोरोना पोजेटिभ भए पनि सबैलाई ढाँटेका रहेछन्।’

ती व्यक्तिलले कोरोना पोजेटिभ भएको जानकारी गाउँमा कसैलाई गराएका थिएनन्। शनिबार गम्भीर बिरामी भएपछि उपचारका लागि दुल्लु अस्पताल दैलेखमा पुगेका थिए।