मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुरु जलविद्युतको आईपीओ बाँडफाँड आज, १०० मा ९८ जनाको हात खाली

रुरु जलविद्युतको आईपीओ बाँडफाँड आज, १०० मा ९८ जनाको हात खाली


काठमाडौं । रुरु जलविद्युतको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कान (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान साढे ८ बजे कम्पिनीको आईपीओ बाँडफाँड हुने जनाएको छ ।

कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर माग भएको छ । कम्पनीले  चैत २० गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १२० रुपैयाँ दरका ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा खुला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वासाधारणका लागि बिक्री खुला गेरको थियो । 

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार ३ लाख ७९ हजार १६७ कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९१६ जनालई १० कित्ता र जसमध्ये ७ जनालाई थप एक कित्ता भागमा आउँछ ।

बाँकी १६ लाखभन्दा बढी करिब ९८ प्रतिशत लगानीकर्ताको हात खाली हुने  प्रारम्भिक तथ्यांकले देखाउँछ । यस आधारमा  कम्पनीको सेयर १०० जनामा ९८ जनाले पाउने छैनन् ।