मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका एक जनाको कोरोनाबाट मृत्यु

अछामका एक जनाको कोरोनाबाट मृत्यु


फाईल फोटो

अछाम : जिल्लाका एक जना पुरुषको कोरोना भाईरसका कारण भारतमा ज्यान गएको छ ।

पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमणदर रहेको भारतमा रोजगारीको शिलशिलामा रहनु भएका जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली स्थायी ठेगाना भएका ४३ बर्षका रण बहादुर विष्टको कोरोना भाईरसका कारण ज्यान गएको हो ।

धमाली घर भई टिकापुर बसोबास गर्नुहुने विष्ट विगत ५ बर्षदेखि रोजगारीको शिलशिलामा भारतमा जाने आउने गरिरहेकोमा कोरोनाका कारण ज्यान गएको उहाँका भाई शिद्धेश्वरी मावि धमालीका शिक्षक चक्र बहादुर विष्टले जानकारी दिए ।

भारतको गुजरातमा काम गर्दै आउनु भएका बिष्टको सोमबार राती निधन भएको हो । १०÷१२ दिन पहिले कोरोना संक्रमित भएका विष्ट ५ दिन पहिलेदेखि अस्पतालमा उपचार गराईरहनु भएको थियो ।

रोजगारीको शिलशिलामा भारत गएका दाजुको भारतमै ज्यान गएपछि परिवारजन ठुलो शोकमा परेको शिक्षक विष्टले बताउनु भयो ।

कोरोनाले बढी असर गरेका कारण स्वास्थ्यमा सुधार नभई ज्यान गएको मृतकका भाई चक्र बहादुुर बिष्टको भनाई छ । मृतकका श्रीमति २ छोरा र एक छोरी छन् ।