मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिका स्तरिय रास्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता कमलबजारमा समापन

पालिका स्तरिय रास्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता कमलबजारमा समापन


अछाम : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुलनाराका साथ पालिका स्तरिय रास्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता कमलबजार नगरपालिकामा एक कार्यक्रमका बिच समापन भएको छ ।

नगरस्तरीय खेलकुद समितिका अध्यक्ष धिरज रावतको अध्यक्ष्तामा भएको कार्यक्रममा कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकास बिष्ट प्रमुख अथिति रहेका थिए। प्रमुख अथितिको आसन बाट बोल्दै नगर प्रमुख बिष्टले खेल पनि एउटा बिकासको पाटो भएकाले युवा तथा बिद्र्यार्थि हरुले मेहनत गर्नु पर्ने बताए । साथै खेल बिकासका लागि नगरबाट सधै सहयोग भइरहेका र आगामि दिन हरुमा पनि सहयोग गर्न प्रतिबद्ध रहेको धारण राखे ।

नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ बिश्ष्टि अथिति रहनु भएको समापन कार्यक्रममा कमलबजार नगरपालिका १० ओटै वडाका १० ओटा माध्यामिक बिद्यालयका प्रतियोगि प्रथम, दृतिय, तृतिय, स्थान हासिल गर्ने बिद्यार्थि हरुलाइ प्रमाण पत्र बितरण र प्रतियोगितामा सहभागि बिद्यालयलाइ सम्मान पत्र बितरण गरीएको हो ।

कार्यक्रममा कमलबजार नगरपालिका वडा न. १ का वडा अध्यक्ष तेज बहादुर बिष्ट २ का वडा अध्यक्ष रण बहादुर खडका, वडा न.३ का अध्यक्ष जगत बहादुर बिष्ट वडा न. ७ का अध्यक्ष गोबिन्द भण्डारी, वडा न.९का अध्यक्ष दुर्गा बजगाइ, वडा न. १० का वडा अध्यक्ष भिम बहादुर बिष्ट, कमलबजार नगरपालिकाका नि .प्रमुख प्रसासकिय अधिकृत खडक बहादुर बिष्ट,नेकपा एमालेका खेमराज जोसि, नेपालि कांगे्रसका सर्प बहादुर बिष्ट रेडियो कमलबजारका स्टेसन मेनेजर अमर धामि लगायत सहभागि बिद्यालयका प्रध्यानाध्यापक बिद्र्याथि हरुको सहभागिता रहेको थियो ।

नगर स्तरीय खेलकुद बिकास समितिका सदस्य नृप साहिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सिसु बोधनिका माध्यामिक बिद्यालयका शिक्षक तारा बहादुर बिष्टले गर्नु भएको थियो