मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखामा जीप दुर्घटना, चारजनाको मृत्यु

दोलखामा जीप दुर्घटना, चारजनाको मृत्यु


काठमाडौं – दोलखामा गयराति जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। बिगु गाउँपालिका–४, सिँगटीमा भएको दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा बिगु–३, सिंगटीका ४५ वर्षीया अजिता खत्री,  ३५ वर्षीय विनोद केसी, २४ वर्षीया चन्दिका थापा र ५२ वर्षीया राधा खड्का रहेको दोलखा प्रहरीले जनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका १० जनाको काठमाडौंमा र अन्यको चरिकोट तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। 

सिंगटीबाट लादुकतर्फ लागेको बागमती प्रदेश ०१-०२३ च ७५८० नम्बरको जीप सोमबार राति साढे १० बजे दुर्घटना भएको हो। जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।