मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम उद्योग वाणिज्य संघको जिल्ला अधिबेशन बैशाख २४ र २५ गते हुने

अछाम उद्योग वाणिज्य संघको जिल्ला अधिबेशन बैशाख २४ र २५ गते हुने


अछाम । अछाम उद्योग वाणिज्य संघ अछामको जिल्ला अधिबेशन आगामी बैशाख २४ र २५ गते हुने भएको छ । जिल्ला अधिबेशन सम्पन्न गर्न गठित तर्दथ समितीले संघको चौथो जिल्ला अधिबशेन तथा तेश्रो साधारण सभा गर्ने निर्णय गरेको हो ।

तर्दथ समितीका संयोजक एवंम संघका कार्यबाहक अध्यक्ष महेन्द्र कडायतको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको समितीका सदस्य तथा महासचिव बमबहादुर रावलले बताए ।

यस्तै बैठकले साधारण सभा तथा अधिबेशनमा भाग लिनका लागि २०६१ देखि २०७७ असरा ३० गते सम्म आवद्ध व्यक्तीहरुले मात्र मतदान गर्ने अधिकार हुने निर्णय गरेको छ ।

बैशाख १ देखि १५ गते सम्म सदस्यता नविकरणको समय समेत तोकिएको तर्दथ समितीका सदस्य यज्ञराज ढुंगानाले सुदूरआजलाई जानकारी दिए । नविकरणका लागि प्यानको प्रतिलिपी, घरेलु दर्ता प्रमाण पत्र नविकरण भएको प्रतिलिपी, २ प्रति फोटो आवश्यक रहेको उनले बताए ।

जिल्ला अधिबेशनका बिषयमा विवाद कायम हुदाँ यस अघि जिल्ला प्रशासन कार्यालय अछामले समस्या समाधानका लागि दुई पक्षलाई बोलाई बार्ता गरेको थियो । उक्त बार्ताको निष्कर्षबाट यस अघि चैत्र २९ गते तोकिएको अधिबेशन स्थगित भई बैशाख २४ र २५ लाई कायम भएको छ ।