मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिदैँ

अछामलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिदैँ


अछाम : अछाम जिल्लालाई बैशाख पहिलो साता भित्रै पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिने भएको छ । जिल्लाका सबै स्थानिय तहहरुका बालबालिकाले पाउनु पर्ने खोप समयमै पुरा गरेपछि पूर्ण खोप सुश्चितता/प्रमाणीकरण भएको जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

२०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको अछाममा त्यसपछि पूर्ण खोप सुनिश्चितताको अभियान जारी रहेको छ । खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार अछाम जिल्लाका सबै स्थानिय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा/प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

पूर्ण खोप सुनिश्चितता तथा प्रमाणीकरण कार्य जिल्लाका हरेक वडा तहबाटै गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका सबै ९१ वडाबाट १६ देखि २३ महिनाका सबै बालबालिकाहरूको नामावली संकलन गरि १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको एकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य लगभग सकिएको स्वास्थ्य प्रमुख ढुंगानाले जानकारी दिए ।

अहिले सबै पालिकाका वडाबाट उक्त बिवरण संकलन गरि जिल्ला पुर्ण खोप समन्वय समितिमा पठाई जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय लगायतबाट थप अनुगमन गर्ने कार्य समेत जिल्लाका केही स्थानीय तहमा सम्पन्न भैसकेको छ । अब केही दिनमै जिल्लाका दशवटै स्थानीय तहका बाँकी रहेका वडाबाट खोप पाएका बालबालिकाको विवरण संकलन गरि जिल्ला पुर्ण खोप समन्वय समितिमा पठाई जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय लगायतबाट थप अनुगमन गर्ने सकेर जिल्लालाई पुर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्य गरिने उनको भनाई छ ।

सोही कार्य अन्र्तगत आज चौरपाटी गाउपालिकाको वडा नं. १ सिउडीमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा सो उमेर सुमहका बालबालिकाले खोप लगाएको पाईएको छ । यस अवधिमा छुटेका ३३ जना बालबालिकालाई पनि खोप लगाईएको चौरपाटी गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक कमल साँउदले बताए । अव पालिकामा कुनै पनि बालबालिका खोप लगाउन बाट बञ्चित नरहेको उनको भनाई थियो ।

अनुगमनमा जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवर, मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरा, प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, स्वास्थ्य कायालय प्रमुख झनक राज ढुङगाना, अछाम प्रहरी प्रमुख डिएसपी तुलसिराम अर्याल, नेपाल पत्रकार महासंघ अछामका सचवि पूर्ण बहादुर खड्का, चौरपाटी स्वास्थ्य शाखाक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

अब जिल्लाका मंगलसेन, मेल्लेख र बान्नीगढी गाउँपालिकाका केही वडामा जिल्लाबाट अनुगमन गर्न बाँकी रहेको र अन्य सातवटा स्थानीय तहमा अनुगमन कार्य सम्पन्न भैसकेको स्वास्थ्य प्रमुख ढुंगानाले बताए । सोही कार्य अन्तर्गत शुक्रबार अछामको कमलबजार नगरपालिकाले सबै कार्य पूरा गरि पुर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।

नगरपालिकाका १० वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । भोली जिल्लाको रामारोशन गाँउपालिका र तुर्माखाँद गाँउपालिकालाई पनि पूर्ण खोप सुश्चितता भएको प्रमाणिकरण सहित घोषणा गरिने ढुंगानाले जानकारी दिए ।

अछाम जिल्ला पूर्ण खोप घोषणा भैसकेको र हरेक बर्ष पूर्ण रुपमा खोप पाए नपाएको अनुगमन गरि एकिन विवरण संकलन गरि सुनिश्चितता घोषणा गर्ने कार्य भैरहेको छ । जिल्लामा खोप सेवाको प्रभावकारी उपयोग भई सबै बालबालिकाले खोप पाउन थालेपछि पछिल्ला बर्षमा बाल तथा मातृ मृत्युमा निकै कमी आएको सरोकारवालाहरुले बताउने गरेका छन् ।

सोही कार्य अन्र्तगत १५ महिनामा पाउनु पर्ने दादुरा रुबेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको एकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य भई रहेको साँफेबगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुष्प बहादुर बुढाले बताए । हाल सबै वडाबाट उक्त विवरण संकलन गरि जिल्ला पूर्ण खोप समन्वय समितिमा पठाउनु कार्य भइ रहेको उनले बताए । यसै क्रममा स्वास्थ्य शाखा प्रमुख बुढाको नेतृत्वमा साँफेबगर नगरपालिका वडा नम्बर ४ मण्टामाण्डौँका टमट्टीवाडा, छिपेखोला र जनकल्याण टोलमा रहेका १६ देखि २३ महिनाका बालबालिकाहरुको नामावली संकलन गरिएको छ।

यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथ र वडा नम्बर २ जाल्पादेवीमा पूर्ण खोप घरधुरी सर्वेक्षण अनुगमन गरिएको छ । टोलीले १६ महिना देखि २४ महिनाका सम्मका बालबालिकाले खोपबाट बन्चित छन्, या छैन भनी अनुगमन गरिएको हो । अनुगमन गर्दा कोहि पनि बालबालिका खोप लगाउनबाट बन्चित नभएको पाएको छ । अनुगमन टोलिमा साँफेबगर नगरपालिका सिनियर अनमी जानकी शाह, बैजनाथ स्वस्थ्य चौकी इन्चार्ज निर्मला श्रेष्ठ, महिला स्वाथ्य स्वय म सेविका शान्ता कुँवर लगायतको सहभागीता रहेको थियो ।