मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघको चुनावका लागि अछाममा निर्वाचन कार्यालय स्थापना, चहलपहल सुरु

महासंघको चुनावका लागि अछाममा निर्वाचन कार्यालय स्थापना, चहलपहल सुरु


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको निर्वाचनका लागि कार्यालय स्थापना भएको । यहि चैत्र २५ गते हुन गईरहेको अधिबेशनका लागि जिल्ला निर्वाचन कार्यालयको स्थापना गरिएको महासंघ अछामका शाखाका अध्यक्ष खम्म खत्रीले बताए ।

निर्वाचन समितीका संयोजक रामबहादुर कुवँरको अध्यक्षतामा बैठक बसी जिल्लामा निर्वाचन कार्यालयको स्थापना गरिएको हो । आज निर्वाचन कार्यालय स्थापना गरी निर्वाचन तालिका सार्वजनिक गरिएको शाखा निर्वाचनका मुख्य निर्वाचन अधिकृत कुवँरले बताए ।

आज निर्वाचन कार्यालय स्थापना भएपश्चात जिल्लामा महासंघको निर्वाचन प्रक्रिया सुरु भएको उनले बताए । भोली निर्वाचन समितीको बैठक बसेर अन्य प्रक्रिया समेत अगाडी बढाईने उनको भनाई छ ।

महासंघको जिल्ला, प्रदेश र केन्द्रमा एकैसाथ चैत्र २५ गते निर्वाचन हुदैँछ । अछाम शाखामा रहेका १ सय ६४ जना साधारण सदस्यले केन्द्र देखी जिल्ला सम्मका उम्मेद्धवारलाई मतदान गर्नेछन् ।

जिल्लामा निर्वाचन कार्यालय स्थापना भएसंगै चहलपहल सुरु भएको छ । जिल्लाका विभिन्न ठाँउबाट पत्रकार तथा संचारकर्मी जिल्ला पुग्ने क्रम जारी रहेको महासंघ अछाम शाखा सचिव होम बहादुर साँउदले बताए ।

सचिव साँउदका अनुसार भोली महासंघ अछाम शाखाको यस कार्यकालको अन्तिम बैठक बिहान ११ बजे बस्ने भएका सबै पदाधिकारीलाई उपस्थित हुन समेत आग्रह गरे ।