मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन ७ मा भाईरलका बिरामी बढे, स्वास्थ्य चौकीमा औषधी अभाव

मंगलसेन ७ मा भाईरलका बिरामी बढे, स्वास्थ्य चौकीमा औषधी अभाव


अछाम । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ मा भाईरल रोगका बिरामी बढेका छन् ।

बालबालिका र बृद्धमा भाईरलको समस्या देखिएको स्थानिय जनाली बण्डाली स्वास्थ्य चौकीका अहेब कृष्ण प्रसाद जैशीले बताए ।

बालबालिकाहरुमा ज्वरो, रुघाखोकी र घाँटीमा समस्या देखिएको र बृद्ध तथा अन्य पाका उमेरका मासिनहरुमा ज्वरो र खोकीको समस्या देखिएको उनले बताए ।

अहिले हरेक दिन २० देखी २५ जना बिरामीहरु उपचारको स्वास्थ्य चौकी आउने गरेको जैशीले बताए ।

स्वास्थ्य चौकीमा औषधी अभाव छ स्वास्थ्य चौकीका ईन्चार्ज नर बहादुर बिष्टले भने नगरपालिकामा माग गरेका छौँ कहिले आईपुग्ने हो थाह छैन ।