मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामूर्खको उपाधि ‘मह’ जोडीलाई

महामूर्खको उपाधि ‘मह’ जोडीलाई

सुदूर आज

जनकपुरधाम । प्रत्येक वर्ष होलीको पूर्वसन्ध्यामा दिइने महामूर्खको उपाधि यस वर्ष ‘मह’ जोडीले पाएका छन् । 

शनिबार मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलन अन्तर्गत महामूर्खको उपाधि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ को जोडीले पाएको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरे ।

यस्तै, मन्त्री सोनलले पटमूर्खको उपाधि पाएका छन् । मिनापले १५ वटा विधामा पटमूर्खको उपाधि दिएका छन् । जसअन्तर्गत मुर्ख शिरोमणिको उपाधि मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

यस्तै, प्रदेश सभा सदस्य परमेश्वर साहले बज्रकिट, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह बैशाखान्नद, जसपाका नेता राजिव झा वंश कुरहारी, सञ्चार उद्यमी शंकर साह मुसरीलाल र सितल साह ढोरवाको उपाधि पाएका छन् । महिला नेत्री विन्दु ठाकुरले खुब सुरतीको उपाधि पाएकी छन् भने मिथिला चित्रकार एस सी सुमनल घरघुसकाको उपाधि पाए ।

पर्यावरण अभियन्ता सुरेश शर्मा हाराशेख, सुजित झा सिलौटान्नद, सञ्चारकर्मी अशोक दत्त बोतलान्नद, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साह लोढाशंकर, विरेन्द्र कर्ण बज्रकिट र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी पटमूर्खको उपाधि पाएका छन् ।