मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकामा दर्ता गरेमात्रै चेन्सो मेसिनबाट दारकाठ कटान र चिर्न पाईने

मंगलसेन नगरपालिकामा दर्ता गरेमात्रै चेन्सो मेसिनबाट दारकाठ कटान र चिर्न पाईने


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिका क्षेत्रमा चेन्सो मेसिन प्रयोग गर्ने ब्याबसायिले अनिवार्य रुपमा नगरपालिकामा दर्ता गर्नु पर्ने भएको छ ।

नगरपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा चेन्सो मेसिनबाट रुख कटान तथा दारकाठ चिर्ने चिराउने काम बढदै गएकाले अनिवार्य स्विकृत सहीत दर्ता गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

यसअघि ब्याबसाय गरिरहेका र आगामी दिन गर्न चाहने ब्याबसायिलाई चैत्र मसान्त भित्र अनिवार्य रुपमा ब्याबसाय दर्ता गर्नका लागी सुचना जारी गरिएको नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए । दर्ताका लागी नागरिकताको प्रतिलिपी, वडा कार्यालयको सिफारिस, निवेदन र २ प्रति पासपोर्ट साईजको फोटो अनिवार्य गरिएको छ ।

पछील्लो समय पुरानो आरा बिस्थापित हुदै जिल्ला भरि चेन्सो मेसिनको प्रयोग बढी हुदै गएको छ । यसलाई ब्यबस्थित सहीत निर्णयका लागी कुनै स्थानिय तहले योजना नबनाएपछी चेन्सोले वन धेरै फडानी हुदै गएको थियो ।

हरेक क्षेत्रबाट यसको नियन्त्रण र ब्याबस्थापनका सबैक्षेत्रबाट आवाज उठदै आएपछी स्थानिय तहले दर्ताका लागी सुचना नै जारी गर्न अनुरोध गरिरहेका छन ।