मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वसन्त ऋतुमा सगरमाथा चढ्न पहिलो समूहलाई अनुमति प्रदान

वसन्त ऋतुमा सगरमाथा चढ्न पहिलो समूहलाई अनुमति प्रदान


काठमाण्डाै – आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो समूहले अनुमति लिएको छ । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहणका लागि अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको टोली सगरमाथा आरोहणका लागि गएको चैत २ गते नेपाल आएकाे थियो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ । 

उनीहरूले क्वरेण्टीनको मापदण्ड पूरा गरी प्रक्रिया सुरु गरेर शुक्रवार अनुमति लिएका टोलीको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए ।

योसहित आउँदो वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहण अनुमति लिनेको सङ्ख्या ६१ पुगेको छ । यसअघि अन्नपूर्ण हिमालका लागि ४० जना, नुप्त्से हिमालका लागि चार जना र मनास्लु हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।