मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी सम्पन्न भयो अछाममा १ दिने योग शिविर (हेर्नुहोस् फोटो)

यसरी सम्पन्न भयो अछाममा १ दिने योग शिविर (हेर्नुहोस् फोटो)


अछाम : जिल्लामा १ दिने योग विज्ञान शिविर कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसको प्रांगणमा योग शिबिर सम्पन्न भएको हो ।

पतञ्जलि योग समिति अछाम, अछाम बहुमुखी क्याम्पस अछाम, षोडशा देवी मावि र जिल्ला आयुर्वेद कार्यालय अछामको संयुक्त आयोजनामा योगाभ्यास सहित आध्यात्मिक प्रवचन सम्पन्न भएको हो ।

मंगलसेन नगरपालिका प्रमुख एवं अछाम बहुमुखी क्याम्पसका अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा योग विज्ञान शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पुज्य साध्वी देवादिती रहेका थिए भने विशिष्ट अतिथि जिल्ला समन्वय समितिका संयोजक श्री नर बहादुर कुवर रहेका थिए ।

कार्यक्रममा जिल्लाका विभिन्न ठाँउमाबाट समाजसेविहरुको सहभागितमा रहेको थियो ।

समाजसेवी मनकला न्यौपाने ढुंगानाको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक विश्वेश्वर ढुंगानाले गरेका थिए ।