मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाख्रापालनबाट मनग्य आम्दानी लिन युवाहरुलाई नगरप्रमुख बिष्टको आग्रह

बाख्रापालनबाट मनग्य आम्दानी लिन युवाहरुलाई नगरप्रमुख बिष्टको आग्रह


ब्यावसायिक बाख्रापालन सम्बन्धी ३ दिने तालिम कमलबजार नगरपलिकामा सुरु

अछाम : ब्याबसायिक बाख्रापालन सम्बन्धी तिन दिने तालिम कमलबजार नगरपलिकामा सुरु भएको छ । ब्याबसायिक बाख्रापालनमा हाम्रो सहकार्यता ज्ञान, सीप र पा्रबिधिक आजको आवश्यकता भन्ने मुल नाराका साथ तिन दिने तालिम कमलबजारमा सुरु भएको हो।

बाख्रापालन ब्याबसायीकहरुलाइ आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालन भएको तालिममा कमलबजार नगरपलिकाका १० वटै वडाका बाख्रापालन ब्याबसायिक हरुको सहभागिता रहेको छ। कमलबजार नगरपालिका पशु बिकाश शाखाको आयोजनामा सञ्चालन भैरहेको तालिममा बाख्रापालन ब्याबसाय समुहमा अनिबार्य दर्ता भएको हुनु पर्ने पनि बताइएको छ ।

कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्टको अध्यक्षतामा सुरु भएको तिन दिने तालिममा बोल्दै नगर प्रमुख बिष्टले समुहमा दर्ता भएका बाख्राफर्मका लागि नगरपालिकाले सक्दो सहयाग गर्ने र बाख्रा खोर नजिकै अनिबार्य करेसाबारी हुनु पर्ने बतावे । यस्तै उनले बाख्रापालन ब्यवसाय बाट मनग्य आम्दानी लिन पनि युवाहरुलाई आग्रह गरेका छन्।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्क बहादुर बिष्टले अरु ब्याबसाय भन्दा बाख्रापालन ब्यबसाय राम्रो भएकाले यो ब्याबसाय अंगाल्न युवाहरुलाई सुझाब दिदै आफनै गाँउठाँउमा आत्मर्निभर बन्न तालिमका सहभागीहरुलाई अनुरोध गरे ।

कार्यत्रममा कमलबजार नगरपालिका नगरउपप्रमखु भुमिसरण ढकाल बजगाई, रेडियो कमलबजारका पबित्रा खड्का लगाएतका अतिथी रहेका थिए।

कमलबजार नगरपालिका पशु बिकास शाखाका टंक बहदुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन एवम् सहजिकरण पशु बिकास शाखा प्रमुख देवेन्द्र बहादुर शाह ले गरिराखेका छन्।