मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ८१ जना क्षयरोगी, सबैभन्दा बढी साँफेबगरमा १८ जना

अछाममा ८१ जना क्षयरोगी, सबैभन्दा बढी साँफेबगरमा १८ जना


अछाम । अछाम जिल्लामा ८१ जना क्षयरोगीका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको छ । बिश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसारमा यस आर्थिक बर्षको फागुन सम्म उक्त संख्यामा बिरामी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्लाका पालिकागत तथ्यांक अनुसार यस आर्थिक बर्षको फागुनसम्म तुर्माखाँद गाँउपालिकामा सबैभन्दा कम १ जना र बढी साँफेबगर नगरपालिकामा १८ जना क्षयरोगी फेला परेका छन् । पञ्चदेवल बिनायक नगरपालिकामा ७ जना, रामारोशन गाँउपालिकामा ९ जना, मेल्लेख गाँउपालिकामा ११ जना, चौरपाटी गाँउपालिकामा ७ जना क्षयरोगी रहेका छन् ।

यस्तै मंगलसेन नगरपालिकामा ११ जना, बान्नीगढी जयगढ गाँउपालिकामा ६ जना, कमलबजार नगरपालिकामा ३ जना र ढकारी गाँउपालिकामा ८ जना नयाँ क्षयरोगीका बिरामी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । जिल्लाको सम्रग तथ्यांकमा आर्थिक बर्ष २०७४÷७५ मा बढी क्षयरोगी फेला परेपनि यस आर्थिक बर्षमा यो संख्या कम हुदैँ गएको छ ।

सुदूरपश्चिममा ३१२८ जना क्षयरोगी

सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय २८ जना क्षयरोगी रहेको तथ्यांक छ भने यस आर्थिक बर्षको फागुन सम्म मात्रै यस प्रदेशमा १ हजार ६ सय ९१ जना थप क्षयरोगीका संक्रमित फेला परेका छन् । सबैभन्दा बढी कैलालीमा ९ सय ८० र कम दार्चुलामा ३१ जना नयाँ क्षयरोगी फेला परेका हुन् ।

बाजुरामा ७४ जना, बझांगमा ९४ जना, बैतडीमा १ सय ६ जना, डडेलधुरामा ७६ जना, डोटीमा १ सय ११, अछाममा ८१ जना र कञ्चनपुरमा ४ सय ३८ जना क्षयरोगी थपिएका छन् । सुदरपश्चिम प्रदेशमा ५ वटा टिबी जोन एक्स्र्पट क्षेत्र रहेका छन् ।

नेपालमा आज “संकेत समयको, क्षयरोग अन्त्यको” भन्ने नाराका साथ क्षयरोग दिवस मनाईदैँ छ ।