मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समुदाय प्रस्तुतीकरण आठबिस ८ तिलेपाटामा सम्पन्न

समुदाय प्रस्तुतीकरण आठबिस ८ तिलेपाटामा सम्पन्न


होम साउद, अछाम : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाँविद्यालय जुम्ला अन्तरगत समुदाय स्वास्थ्य निरुपण समूह ए को समुदाय प्रस्तुतीकरण आठविस नगरपालिका ८ तिलेपाटा दैलेखमा सम्पन्न भएको छ ।

समूहनेता किरण कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा आठविस नगरपालिका वडानम्वर ८ का अध्यक्ष मुक्ति प्रसाद उपाध्याय प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि उपाध्यायले विद्यार्थिले गरेको अध्ययन प्रतिवेदन उपलब्ध गराउन अनुरोध गर्दै त्यसमा समेटीएका सुझाव अनुरुप वडाका आगामी स्वास्थ्य योजना तर्जुमा गर्ने प्रतिबद्दता ब्यक्त गरे।

उनले सबै बिद्यार्थिलाई सफलताको शुभकामना समेत ब्यक्त गगरे । कार्यक्रमको बिशिष्ट अतिथिमा जनस्वास्थ्य महाँविद्यालयका डिन प्राध्यापक डाक्टर मुनी राज क्षेत्री, सह प्राध्यापक र आठबिस नगरपालिका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेना रहेका थिए । उक्त कार्यक्रमो संचालन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान महाँबिद्यालयका बिद्यार्थि भुमिनन्द ढुंगानाले गरेका थिए।

कार्यक्रममा उक्त वडाका १ सा ५० भन्दा बढी सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रममा समूह ए का १० जना विद्यार्थिले एक महिना अवधिभर गरेका क्रियाकलापहरु तथा संकलित तथ्यंकको विश्लेषण सहित प्रस्तुतीकरण समेत गरेका थिए ।

जसमा वडानम्वर ८ को जनसाँख्यीक तथ्यंक तथा स्वास्थ्य सम्वन्धी विवरणको प्रस्तुतीका साथै मुख्य समस्याको पहिचान एवं प्रस्तुती गरिएको थियो । कार्यक्रममा कालिका माविका शिक्षक सुर्य बडुवाल, समाजसेवी राम बहादुर बडुवाल, सिता उपाध्याय, भेष बहादुर शाही लगायतका अतिथी रहेका थिए ।