मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महिनामा पौने तीन लाख आन्तरिक हवाई यात्रु

एक महिनामा पौने तीन लाख आन्तरिक हवाई यात्रु


काठमाडौं– गत महिना अर्थात् सन् २०२१ को फेब्रुअरीमा दुई लाख ८६ हजार ४४८ यात्रुले आन्तरिक उडान सेवा लिएका छन्। 

जनवरीमा दुई लाख ४९ हजार ३१० यात्रुले आन्तरिक उडान सेवा लिएका थिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरीको तुलनामा फेब्रुअरीमा ३७ हजार १३८ बढी यात्रुले आन्तरिक उडान सेवा लिएका हुन्। 

अन्तर्राष्ट्रिय उडान सेवा लिने यात्रुको संख्या फेब्रुअरी महिनामा ९८ हजार ३४१ पुगेको छ। 

फेब्रुअरी महिनामा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई सेवा लिने यात्रुको संख्या तीन लाख ८३ हजार छ।         

अन्तर्राष्ट्रिय उडान भरिरहेका २० कम्पनीमध्ये गत महिना नेपाल वायुसेवा निगम अग्रस्थानमा रह्यो। 

निगमका गत महिना भएका १७४ उडानमार्फत २४ हजार यात्रुले सेवा लिएका छन्।