मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बृहत् पोषण प्याकेज सम्बन्धि क्षमता अभिबृद्धि तालिमको मंगलसेनमा समापन

बृहत् पोषण प्याकेज सम्बन्धि क्षमता अभिबृद्धि तालिमको मंगलसेनमा समापन


अछाम : स्वास्थ्यकर्मीलाई पहिलो र दोस्रो चरण गरि बृहत् पोषण प्याकेज सम्बन्धि क्षमता अभिबृद्धि तालिमको मंगलसेन नगरपालिकामा समापन गरिएको छ । पहिलो चरण फागुन १२ गतेदेखि १८ सम्म र दोस्रो चरण फागुन २४ देखी चैत १ गतेसम्म संञ्चालन गरि तालिमको आज समापन गरिएको छ ।

मंगलसेन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पोषण सम्बन्धि बृहत् विषय बस्तुको एकीकृत प्याकेज, पोषण सम्बन्धि व्यवहार सुधार र कुपोषण ब्यवस्थापनका लागि क्षमता विकास सहित बृहत छलफल गरिएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारिको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथी नगर प्रमुख बोहराले तालिममा सिकेका कुरा प्रत्येक स्वास्थ्यकर्मिले ब्याबहारमा ल्याउनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा नगरबाट थुप्रै लगानी भएकाले अब प्रतिफल पाउनु पर्ने बेला आएकाले हरेक स्वास्थ्यकर्मिलाई एकबद्ध भएर लाग्न आग्रह गरे । आफु जनप्रतिनीधी भएर आईसकेपछी नगरपालिकालाई पुर्ण पोषणयुक्त बनाउने लक्ष्य राखिएकाले अब हरेक क्षेत्रबाट अग्रसर भएर लाग्नु पर्ने बेला आएको बताए ।

आमा समुहका बैठकलाई क्रियाशिल सहित निरन्तर गाउघर खोप क्लिनीक मार्फत हरेक बार खाना चारका कुरालाई जोड्दै प्रत्येक बालबालिकाको स्वास्थ्यको अबस्था स्वाथ्यकर्मिले राख्नु पर्ने बेला आएको बताए । समापन कार्यक्रमका बिशिष्ट अतिथी नगरउपप्रमुख सरिता उपाध्यायले स्वास्थ्य क्षेत्रमा थुप्रै लगानी गरेपनी सोच अनुरुप उपलब्धी हासिल गर्न नसकिएको बताउनु भयो । आफुले दिने सेवा अनुसार तथ्याकमा ध्यान दिन उहाँले आग्रह गरिन ।

कुपोषण जस्तो कुरा हरेक आमा तथा बालबालिकासँग जोडिएकाले स्वास्थ्यकर्मिलाई बिशेष ध्यान दिन आग्रह गर्नु भयो । हरेक स्वास्थ्यकर्मिले आफ्नो जागिर मात्रै नसम्झी समाज परिवर्तन गर्ने दायित्व समेत आफ्नै हो भनेर बुझदै नियमीत कर्तव्य निष्ट भएर काम गर्नु उनको आग्रह थियो।

समापन कार्यक्रममा सुआहारा अछामका संयोजक लोक बहादुर नेपाली, जिल्ला अस्पताल अछाममा सिनियर अनमी शुसिला ढुगाँनाले मन्तव्य राख्दै तालिममा सिकेका हरेक कुरालाई ब्याबहार लागु गर्दै अघि बढन सुझाब दिए । समापन कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी बिष्णु प्रसाद जैसि, खरिदार नरेश बहादुर कठायत, सुचना प्रबिधि अधिकृत पौरख बोगटी, एमआईएस अपरेटर होम बहादुर साउद, पत्रकार कमल रावलको सहभागिता रहेको थियो । नगरका १४ वटै वडाका स्वास्थ्यकर्मिको सहभागिता रहेको समापन कार्यक्रमको संञ्चालन कुन्ति स्वास्थ्य चौकीका ईञ्चार्ज अर्जुन बहादुर बोहराले गरेका थिए ।