मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो

पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो

सुदूर आज

दैलेख – दैलेखकाे सदरमुकाम नारायण नगरपालिका-११ विन्ध्यवासिनीको लोहोरे खोलामा बिहीवार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे ज्यान गएको छ ।

डुबेर ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका लुङग्राका २१ वर्षीय वीरेन्द्र भुल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठकाअनुसार भुल मध्यपहाडी लोगमार्गमा मजदूरी गर्दै आएका थिए । भुललाई खोलामा डुबे लगत्तै उद्धार गरी  दैलेख जिल्ला अस्पतालमा पुर्याइएको थियाे ।

उनकाे उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएकाे छ ।