मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पनि विभिन्न रचनात्मक कार्यक्रम गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकाे छ

अछाममा पनि विभिन्न रचनात्मक कार्यक्रम गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकाे छ



अछाम : १११ अाैँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालका विभिन्न जिल्लाहरुमा लैंगिक समानता तथा महिला अधिकार प्राप्तिका लागि विविध कार्यक्रम गरि मनाइएको छ ।

यस बर्ष मार्च ८ तारिख अर्थात फाल्गुन २४ गते देशव्यापी रुपमा महिलाको सुरक्षा , समान र राेजगार – समृद्ध नेपालकाे अाधार सहितकाे राष्ट्रिय नारा विभिन्न सभा सम्मेलन,प्रतियाेगितात्मक तथा महिला पहिचानको अायाेजित कार्यक्रममा गुन्जिएकाे छ ।

जब महिला माथि भएकाे शाेषणविरुद्ध जर्मनीकि महिला अभियान्ता क्लारा जेट्किनले स.न. १९११ मार्च ८ तारिखमा अावाज उठाइन त्यसै दिनलाई स्मरण गर्दै विश्वभर का मुलुकहरुमा लैङ्गिक समानता तथा नारी अधिकार का अावाज सुनिन थालेका हुन । उत्पीडित महिला तथा सामाजिक समस्यामा कुप्रथाकाे सिकार बनेकि महिलाको पहुँच बृद्विका लागि यता सुदूरपश्चिमका प्राय सबै जिल्लामा रचनात्मक कार्यक्रम भएकाे समाचारमा सुनिन्छ ।

यसै बिच अछामकाे पूर्वी भेग पञ्चदेवल विनायक नगरपालिकाले विशेषगरी महिला संग जाेडिएकाे न्याउले तथा देउडा खेल प्रतियोगिता गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाएकाे छ । नगरपालिकाका केही वडाहरुमा केही छिटफुट सामान्य कार्यक्रम गरिएपनि नगरपालिकाकाे अायाेजना तथा अन्य सामाजिक रुपान्तरणका साझेदार संस्थाहरुकाे सहयाेगमा अलप अवस्थामा रहेका न्याउले , देउडा संरक्षणका लागि उक्त कार्यक्रमकाे अायाजना गरिएकाे पञ्चदेवल विनायक नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिति संयाेजक अम्बिका चलाउनेले सुदूर अाज लाई जानकारी दिइन । पश्चिम नेपालका दिदिबहिनीहरु अाफ्ना जीवन कालका सुखदुःख ,अाराेह अवराेह समेटेर कलात्मक तवरबाट प्रस्तुत गर्ने शैलीनै न्याउले तथा देउडा भएकाले यसलाई प्राथमिकतामा राखि नगर स्तरिय कार्यक्रम गरिएकाे उनले बताइन ।

नेपाली समाज त्यसै माथी अछामको सन्दर्भमा रजाेवती नारीले चिनिने महिलाहरुका लागि छाउपडी कुप्रथा साझा समस्याको रुपमा रहेकाे उनले कार्यक्रम मार्फत अाैँल्याइन । समान पहुँचकाे प्रत्याभूत गर्न नपाएका अछामी महिलाहरु तथा बिशेषगरि पञ्चदेवल नगर क्षेत्र भित्रका महिला दिदिबहिनीहरुलाई हिंसा सहेर बस्ने चलन पुरानो भैसकेकाले अन्याय विरुद्ध कडा प्रतिकार गर्न सुझाव दिनुभएकी उप प्रमुख चलाउनेले अाफ्नाे अधिकार प्राप्तिका लागि स्थानीय तहबाट सक्ने भन्दा बढी सहयाेग गर्ने अासय ब्यक्त गरिन ।

विषेश गरि ग्रामीण भेगका महिलाहरूलाई चेतनाकाे अभिवृद्धि गराई राेजगारी सिर्जना गरि न्युन अायस्तरबाट माथी उकास्न अछामका अधिकांश स्थानीय तहहरुले महत्त्वपूर्ण कार्ययोजना बनाएर भूमिका खेल्न अावश्यक देखिएकाे छ ।

ग्रामिण महिलाहरुकाे सुरक्षा हाेस, समाजमा लैंगिकताकाे अाधारमा विभेद नभई समान पहुँच सिर्जना हाेस, ग्रामिण तथा न्युन बर्ग भित्रकाे घेरा बाट साधारण महिलाकाे पहिचान गरि याे देशले रोजगारी सिर्जना गरोस् यस बर्षकाे महिला दिवसले साैचालय देखि सदन सम्म नारी अावाज गुन्जिन कमि नहाेस ।