कर्णाली प्रदेश

प्रतिष्ठानको उपकुलपतिमा डा. रावल

कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मङ्गल रावललाई जिम्मेवारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो ।

प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको बताइएको छ ।

चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा. रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन् । रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धरहरामा ३३० किलोको गजुर राखियो
महासंघ अछामले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने
पञ्चदेवल विनायक नगरपालिकाले भारतबाट आएकाहरुको विवरण संकलन गर्ने
फेरि कोरोना ‘हटस्पट’ बन्दै सुदूरपश्चिम, भारतबाट आउनेहरूले जोखिम बढाए