मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोचेथेँ यो जिन्दगी केही नलागोस्, केही नलाग्दा पनि दिक्दार लाग्यो

सोचेथेँ यो जिन्दगी केही नलागोस्, केही नलाग्दा पनि दिक्दार लाग्यो


प्रदीप रोदन

मान्छे लागेको समय त पार लाग्यो।
के गर्नु अहिले आफ्नै निधार लाग्यो।

कसको पासो लाग्यो उसको गलामा
तिम्रो गलामा खै कसको हार लाग्यो।

एउटा मुढा डुब्दै उत्रिदै हरायो कहाँ,
एउटा डुङ्गा बन्यो र किनार लाग्यो।

संयोग हो ओखती तिमीले खुवायौ,
सत्य यो हो मलाई उपचार लाग्यो।

सोचेथेँ यो जिन्दगी केही नलागोस्,
केही नलाग्दा पनि दिक्दार लाग्यो।

गोरखा