मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक लाख दिनोस्, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्नोस् !

एक लाख दिनोस्, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्नोस् !


काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

सोमबार काठमाडौंमा धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गर्दै रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो ।

३० हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ । आर्थिक संकलनका लागि यो उपाय अपनाइएको हो ।

आयोजक धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरणसमेत सार्वजनिक गरेको छ । फाउन्डेसनले रंगशाला निर्माणको कुल लागत तीन अर्ब ५५ करोड रुपैयाँ रहने जनाएको छ ।

रंगशाला निर्माणका लागि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३५४ रुपैयाँ संकलन भएको छ । यो लागत रकमको १.१० प्रतिशत मात्र हो । ४३ करोड ४८ लाख ६ हजार ३८२ रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ । रंगशाला निर्माण कार्यमा सहयोग पुर्‍याउन फाउन्डेसनले सबैलाई आग्रह गरेको छ ।