मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब आईपीओ नतिजा हेर्न छुट्टै वेबपोर्टल

अब आईपीओ नतिजा हेर्न छुट्टै वेबपोर्टल


काठमाडौं – सीडीएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा हेर्न छुट्टै वेबपोर्टल बनाएको छ। 

शुक्रबार बाँडफाँड गरिएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको नतिजा हेर्न समस्या भएपछि सीडीएससीले छुट्टै वेबपोर्टल बनाएको हो। 

गोपनीयताको कारण देखाउँदै आईपीओ नतिजा तीन ठाउँबाट (मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धको वेबसाइट) हेर्न मिल्ने व्यवस्था गरिएको थियो। यसअघि विभिन्न अनलाइन सञ्चारमाध्यमले पनि नतिजा सार्वजनिक गर्ने गरेका थिए। 

शुक्रबार आईपीओ नतिजा हेर्ने लगानीकर्ताको चाप बढ्दा दिनभर तीनवटै वेबसाइटले काम गर्न सकेको थिएन, जसकारण लगानीकर्ताहरू आक्रोशित बनेका थिए। 

यसैलाई मध्यनजर गर्दै सीडीएससीले छुट्टै वेबपोर्टल बनाएको हो।

यसमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने र यो पोर्टल सुरक्षित, छरितो र धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दासमेत सहजरूपमा सञ्चालन गर्न सकिने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएससीको दाबी छ। 

यस्तै शुक्रबार मेरो शेयर नचल्दा ईडीआइएस सेवा प्रभावित भएकाले सोकाे अवधि फागुन १६ गते बिहान ७ बजेसम्म कायम गरिएको सीडीएससीले जनाएको छ।