मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्चको फैसलाको नेकपा अछामद्धारा स्वागत

प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्चको फैसलाको नेकपा अछामद्धारा स्वागत


अछाम : नेपाल कम्युनिष्ट पार्टि माधव प्रचण्ड समूहका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य बल बहादुर सोडारीले सर्वोच्चको निर्णयले विश्व कम्युनिष्टलाई खुशि तुल्याएको बताएका छन । नेपालको न्यायलयको निर्णयले नेपालका कम्युनिष्ट मात्रै नभई विश्वका कम्युनिष्टलाई समेत एक ठाउमा उभिनुपर्नेमा जोड पुगेको उनले बताए।

प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाको स्वागतमा नेपाल कम्युनिष्ट पार्टी अछामले सदरमुकाम मंगलसेनमा रयाली सहीत गरेको कोणसभामा बोल्दै प्रदेश सभा सदस्य समेत रहनु भएका सोडारीले अहीलेको फैसलाले पार्टि एकतामा समेत जोड पुग्ने बताए ।

अबको यात्रा फुटेर नभई एकमत भएर देश र समग्र जिल्लाको प्रगतिका लागी सबै नेता कार्यकर्ता एकठाउमा उभिनु पर्ने उल्लेख गरे । मंगलसेन बजारको जिरो प्वाईन्ट देखी सुरुभई मंगलसेन बजारमा बाजागाजा सहीत रयाली गरि पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थि फाँट ईञ्चार्ज भिम बहादुर रावल कालोटोपी, जिल्ला कमिटी सचिवालय सदस्य नयन सोडारी, जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव नमराज न्यौपाने, जिल्ला कमिटी सदस्य लोक बहादुर केसि, सुरत भण्डारी, भक्त बोगटी, बल बहादुर कुवर लगाएतका नेता अतिथी रहेका थिए । कार्यक्रमको संञ्चालन युवा संघ अछामका ईञ्चार्ज तथा कार्यालय सहसचिव शिब बहादुर बोगटीले गरेका थिए ।