मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरपश्चिमका अस्पतालमा आर्थिक अभाव छैन : मन्त्री सुवेदी

सुदुरपश्चिमका अस्पतालमा आर्थिक अभाव छैन : मन्त्री सुवेदी


अछाम : सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सवेदीले सुदुरपश्चिम भरिका कुनै पनी अस्पतालमा रकमको अभाव नभएको बताएका छन् । प्रदेश भरिका थुप्रै अस्पतालमा आवश्यकताका आधारमा बजेट विनियोजन प्रदेश सरकारको तर्फबाट भईरहेको बताए ।

जिल्ला अस्पताल अछाममा बन्न लागेको एकिकृत आकस्मिक मातृ नवजात शिसु भवनको शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले बजेट अभाबले नभई दक्ष जनशक्तिले समस्या हुने गरेको उल्लेख गरे । जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रुपमा स्तरउन्नती गरिसकेकाले आगामी दिनमा अझै ब्याबस्थापन गर्दै जाने उनको भनाई थियो ।

बरु जिल्ला जिल्लामा काम नभएर रकम फ्रीज हुदै गईरहेकाले सबैले यसको सदुपयोगमा लाग्नु पर्नेमा मन्त्री सुबेदीको जोड थियो । एक अर्को प्रसँगको बोल्दै मन्त्रि सुवेदीले हरेक ब्यक्ति जनताको सेवक बन्नु पर्ने बताए ।

ब्याबस्थापन समितीले ब्याबस्थापन तथा चिकित्सक तथा स्वास्थ्यकर्मिले गुणस्तरिय स्वास्थ्य सेवामा ध्यान दिनु पर्ने उनले बताए । जनप्रतिनीधी, कर्मचारी सबै जनताको सेवक बन्न जरुरी रहेको उनको भनाई थियो।

कार्यक्रमका बिशिष्ट अतिथी सुदुरपश्चिम प्रदेस सभा सदस्य हर्क बहादुर कुवर गोविन्द, बल बहादुर सोडारीले जिल्लाको स्वास्थ्यका समस्या समाधानका लागी एकभएर अघि बढिरहेका बताएका थिए । हरेक समस्या प्रदेश सभामा लैजानका लागी तत्पर रहेको उनीहरुको भनाई थियो।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले जिल्लाको अस्पताल भएपनी हरेक क्षेत्रबाट हुनुपर्ने सहयोग हुन नसकेको बताएका थिए । जिल्लाको अस्पताल मंगलसेन नगरपालिकाको बजेटले जहीले पनी धानेको स्मरण गराउदै आगामी दिनमा अझै प्रदेस सरकारलाई सहयोग गरिदिन आग्रहगरेका थिए ।

कार्यक्रमका अध्यक्ष अस्पताल ब्याबस्थापन समीती अध्यक्ष प्रभुनाथ खनाले अस्पतालको भौतीक तथा जनशक्तिको अबस्थाको बारेमा जानकारी सहीत मागपत्र सामाजिक बिकास मन्त्रिलाई पेश गरेका थिए ।

प्रदेश सरकारको २ करोड २५ लाखको लागतमा बन्ने जिल्ला अस्पतालको भवन निर्माणको ठेक्का मजुदर मालिका जिबि कन्ट्रक्सनले पाएको छ । करिब २ तले बन्ने अत्याधुनिक भवनको ठेक्का अवधि २ बर्षको रहेको छ ।

शिलन्यास कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, प्रहरी प्रमुख तुलसिराम अर्याल, अनेरास्वीयु केन्द्रिय कमिटी सचिवालय सदस्य केशरी रेग्मी लगाएतका अतिथी रहेका थिए ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले स्वास्थ्य क्षेत्रमा भएको प्रगती सहीत समस्या बारे जानकारी सहीत स्वागत गर्नु भएको कार्यक्रमको संञ्चालन जनस्वास्थ्य अधिकृत झपटराज ढुगानाले गरेका थिए ।