मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवामा सक्रिय हुदैँ युवाहरु

समाजसेवामा सक्रिय हुदैँ युवाहरु


अछाम । समाजका युवा वर्ग पछिल्लो समयमा समाजसेवाको परोपकारी काममा सक्रिय देखिएका छन् । अछाम तथा बाजुरा जिल्लाका युवाहरु समाजसेवामा सक्रिय देखिएका हुन् । समाज तथा वरपर केही अप्ठोरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् ।

आर्थिक अभाव भएका नागरिकहरुको उपचारका लागि होस्, रगत अभावमा छटपटाईहरेका बिरामीको लागि रक्तदान गर्नु पर्दा होस् या अन्य सामाजिक कार्यमा युवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुन प्रेरणा दिन थालेका छन् ।

हालै मात्र केही समय अघि आर्थिक अभावमा उपचारको पर्खाईमा रहेकी अछाम मंगलसेन ७ की सुकी दमाईको उपचारका लागि पनि युवाहरु सक्रिय भएर लागेका छन् । सुकीको उपचारका लागि सुरुमा साही वडाका समाजसेवी नेपाल लाईफ ईन्सोरेन्स मंगलसेन शाखा प्रमुख पदम थ्यायतले पहल गरेका थिए ।

त्यसपछि सोही वडाका हर्क खड्का, नम बहादुर बिष्ट, आरपी जैशी, जन्म जैशीले पनि आर्थिक सहयोग गरिदिन भनेर पह गरेका थिए । आर्थि अभावमा एक बर्ष देखि थला परेकी सुकीको बारेमा सुदूरआजमा समाचार प्रकाशित भएपछि जिल्ला तथा जिल्ला बाहिरका युवाहरुले पनि सक्रियता देखिएका छन् ।

अछाम घर भई बिदेशमा रहेका युवाहरुले पनि आर्थिक सहयोग गरिहेका छन् । सुकीको उपचारमा बाजुरा घर भई हाल अछामको बयालपाटा अस्पतालमा कार्यरत दिपक बहादुर बिष्टले पहल गरेका छन् । उनको पहलमा सुकीको काठमाण्डौँमा निशुल्क उपचार भईरहेको छ । यता समाजसेवी नम बहादुर बिष्ट र सरकारी सेवा रहेका कमलबजार नगरपालिका ६ घर भएका दिपक प्रसाद भण्डारीले सुकीको लागि आर्थिक सहयोग अभियान संचालन गरेका छन् । उनिहरुको पहलमा आर्थिक संकलन भईरहेको छ ।

यस्तै काठमाण्डौँमा रहेका समाजसेवी योगयात्री बिष्णुले पनि सुकीको उपचारका लागि आवश्यक सहयोग तथा पहल गरिरहेका छन् । सुकीको यहि आउने शुक्रबार शल्यक्रिया हुने समेत यात्रीले बताए ।

यस्तै अछामको जनाली, खोलेगैरा, ओडारखेत र काफ्लागडा पुर्खैउली घर भई हाल कैलालिको विभिन्न ठाउँ र भारतको मुम्बईका विभिन्न ठाउमा कर्म थलो बनाई रहेका थ्यायत (खड्का) परिवारले संचालक गरेको थ्यायत (खड्का) बचत तथा ऋण सहकारी संस्था गोरेगावँ मुम्बई बाट सुकीको उपचारका लागि १० हजार आर्थिक सहयोग गरेका छन् ।

समुहमा रहेका युवाहरुले आर्थिक संकल गरी सुकीले पाउने गरी योग यात्री बिष्णुको नाममा रकम जम्मा गरेर नेपाल पठाईएको आर्थिक संकलन अभियानको नेतृत्व लिएका छत्र बहादुर थ्यायत खड्काले बताए । प्राप्त रकम सुकीलाई हस्तान्त्ररण गरिएको योग यात्री बिष्णुले बताए । यस्तै युवा समाजसेबी मोहन थ्यायत, मोहन खड्काले पनि सहयोगका साथै पहल पनि गरेका थिए।

अछामको मंगलसेन नगरपालिका १२ घर भई हाल गोरेगावँ मुम्बई कर्मथलो बनाएका मीन प्रसाद भण्डारीले पनि आर्थिक सहयोग गरेका छन् । उक्त कार्यको पहल छत्र खड्का, दिपक खड्का र कमल बहादुर खड्काले गरेका थिए ।