मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल अछाममा नयाँ भवनको शिलान्यास

जिल्ला अस्पताल अछाममा नयाँ भवनको शिलान्यास


अछाम । जिल्ला अस्पताल अछाममा नयाँ भवनको शिलान्यास गरिएको छ । जिल्ला अस्पताल अछाम अन्तर्गत एकीकृत आकस्मिक मातृ तथा नवजात शिशु स्याहार भवनको शिलान्यास गरिएको हो ।

उक्त भवनको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय कृष्णराज सुबेदीले भवनको शिलान्यास गरे ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सान्सद बल बहादुर सोडारी, हर्क बहादुर कुवर बिशिष्ट अथिति रहेका थिए ।

कार्यक्रममा मङल्सेन नगरपालिकाका नगर प्रमुख पदम बोहरा लगायतको सहभागीता रहेको थियो । स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिस्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन जन स्वास्थ्य अधिकृत झपट ढुंगानाले गरेका थिए ।