मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी सहीत बजार सरसफाई

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी सहीत बजार सरसफाई


अछाम : ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अछाम सबै स्थानिय सरकार तथा विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन । स्थानिय तहले आफ्नो अग्रसरतामा बजार सरसफाई बिचार गोष्ठिका साथै विद्यालयहरुले बक्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम गरेका मनाएका छन ।

जिल्लाको मंगलसेन नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा आजबिहान मंगलसेन बजारमा प्रभातफेरी बजार सरसफाई गरि मनाएको छ । नगर प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा आएको टोलिले दरबार परिसर, धर्मेश्वर मन्दिर परिसर, झाडफुंगा धारा र मुहान, बैरागी धारा परिसर तथा बजार क्षेत्रको सरसफाइ गरेको हो ।

प्रत्येक ठाउमा थुपारेर राखेको फोहोर ब्याबस्थापन गर्दै टिप्परमा हालेर ब्याबस्थापनका लागि डम्फीग साईड पठाईएको थियो । नगर प्रमुख बोहराले नेतृत्व गर्नु भएको टोलिमा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारि, सहित नगरपालिकाका कर्मचारी र प्रहरी चौकि मंगलसेनका ईञ्चार्जको नेतृत्वमा प्रहरी टोलि समेत सहभागीता रहेको थियो ।

बान्निगढी जयगढ गाउँपालिकाको आयोजनामा आज बिहान गैरिबजार, देवलबजार, बसपार्क हुँदै कार्यालयसम्म प्रभात फेरी निकालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले जानकारी दिए । सहभागीहरुले व्यानर र प्ले कार्ड लिएर दिवसका अवसरमा प्रभात फेरि गरे पश्चात् गाउँपालिकाको कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।

कार्यावाहक वडा अध्यक्ष कर्ण ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा सहिद हरुको सम्झनामा मौनधारण गरि राष्ट्रिय गान बजाएर कोण सभाको सुरुवात गरिएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशी, वडा नम्बर ५ कालिकाका वडा अध्यक्ष लाल कामि लगायतले मन्तव्य राखेका थिए ।