प्रदेश समाचार

जिल्ला निर्वाचन अछामले गर्यो सरोकारवाला संग बृहत अन्र्तक्रिया

टेकबहादुर थापा, अछाम :

पाचौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अछामले जिल्लाका सरोकारवाला संग बृहत अन्र्तक्रिया गरेको छ । निर्वाचन आचारसंहिता कार्यन्वयनमा सरोराकारवालाको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै निर्वाचन भईहाले निर्वाचन आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन ।

नेपालमा चुनावि आचारसंहिता बनाउने तर त्यसको कार्यन्वयन नहुदा विभिन्नि खालका समस्याहरु देखिने गरेकाले त्यसले निष्पक्ष निर्वाचनमा असर गरिरहेकाले चुनावको समयमा आचारसंहिता पालन नगर्ने पार्टि, कर्मचारी, पत्रकार, नागरिक जोकोहीलाईपनि कडा कार्बाही गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुझाव दिदै नेपाली काग्रेसका प्रवक्ता वेदप्रकाश तिमिलसैनाले जिल्ला निर्वाचन कार्यालय अछामले चुनावि आचारसंहिता पालन नगर्नेलाई कार्बाहीको प्रकृया अगाडि बढाउनुपर्ने बताए । आचारसंहिता पालन नगर्ने उमेदवारको उमेदवारी खारेज गर्नसमेत निर्वाचन आयोगलाई उनले सुझाव दिएका छन्र्य।

कार्यक्रममा बोल्ने अन्य सहभागिहरुलेपनि यसैकुरामा जोडदिदै सबै दलका नेताहरुलाई समान किसिमको ब्यबहार गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुखजिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले अब हुने भनिएको निर्वाचन भईहाले सफल पार्न आम सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिए।

लोकतन्त्रको सुन्दरपक्ष नै निर्वाचन भएकाले सर्वोच्चले निर्वाचनको घोषणा गरेमा सबै जिल्लाबासीले चुनाव सफलपार्न जुट्नुपर्ने समन्वय प्रमुख कुवरले बताए । कार्यक्रममा सहभागि सरोकारवालाले उठाएका प्रश्नको जवाफदिदै जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख सुबोध कुमार महतोले सरोकारवालाले दिएको सुझावकै आधारमा जिल्ला निर्वाचन कार्यालय अछामले आफ्ना गतिविधि अगाडी बढाईरहेको र आगामी दिनमा चुनावी आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन भए नभएको मसिनो ढंगले अनुगमन गरिने र कार्यन्वयन नभएको पाईए कार्बाहीको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए ।

सहभागि सरोकारवालाले निर्वाचन कार्यालयले सञ्चालन गरेका गतिविधिमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, नेकपाका जिल्ला कमीटी सदस्य डम्बर बिसी, शिव बहादुर बोगटी विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी गजेन्द्र प्रकाश थारुले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई, अप्ररेसन्स प्रमुखमा रिमाल
प्रतिष्ठानको उपकुलपतिमा डा. रावल
वनजंगल संरक्षणमा यूवा तथा बिद्यार्थी सकृय
झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा १४ जना विद्यार्थिलाई पुरुस्कार वितरण