मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा ४८४ जनाले रोजगारी पाए

कमलबजारमा ४८४ जनाले रोजगारी पाए

नगरका बिभिन्न योजना हरुमा धमाधम काम संचालन हँुदै ।।


अछाम : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कमलबजार नगरपालिकामा ४८४ जनाले रोजगारी पाएका छन् । नगरपालिका का १० वटै वडामा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बिभिन्न योजनाहरुमा धमाधम काम संचालन भैरहेको छ ।

२ करोड ५० लाख २३ हजार बजेट प्राप्त भएकोमा प्रत्येक वडाका प्राथामिकतामा परेकाबिभिन्न योजनाहरुका लागी सो बजेट योजना अनुसार नै बाडफाड गरी काम भैरहेको कमलबजार नगरपालिका रोजगार संयोजक बासुदेब भण्डारीले जानकारी दिए।

१ जनाले १ सँय दिन बराबर काम गर्न पाउँने भएका हुन् । १ दिनको ५१७ रुपैयाँका दरले १ सँय दिनको ५१ हजार ७ सँय रुपैयाँ १ जनाले पाउने पनि संयोजक भण्डारीले बताए । कमलबजार नगरपालिका भित्र लगभग २४ सँय जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आवेदन दिएकामा ४ सय ८४ जना यस कार्यक्रमका लागी छनोट भएका हुन् ।

कृषी उत्पादनले ३ महिना पनि खान नपुग्ने, परिवारको कोहि पनि ब्यक्ती रोजगार नभएको, सामाजिक शुरक्षा लगायत सरकारी कोषबाट सुबिधा नलिएको, बैदेशिक रोजगारी बाट फर्कीएको वा श्रम स्विकृती लिई रोजगारीमा जान नपाएको ब्यक्तीको परिवार वा अन्य बेरोजगार लगाएतका ब्यक्तीहरुका लागी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो ।

पछिल्लो समय कमलबजार नगरपालिका लगायत अछामका बिभिन्न पालिकाका साथै देशै भर बिभिन्न ठाँउमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भैरहेको छ । यस कार्यक्रमले भारत तथा अन्य मुलुकमा जानु पर्ने बाध्यतालाई केही हद सम्म भए पनि राहत पुर्याउने कमलबजार नगरपालिकाका रोजगार संयोजक भण्डारीले बिश्वास ब्यक्त गरे ।