प्रदेश समाचार

कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन

धनगढीः कैलालीको बौनियास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन थालिएको छ। बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारजन तथा आफन्तले बिहिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन्। 

राजमार्ग अवरुद्ध हुने आवागमन प्रभावित भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए। उचित क्षतिपुर्ति र न्यायको माग गर्दै राजमार्ग अबरुद्ध पारेको बताइएको छ।

५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको थियो।  विज्ञापन

दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन। उनको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएकाे थियाे। – दिनेशखबर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई, अप्ररेसन्स प्रमुखमा रिमाल
प्रतिष्ठानको उपकुलपतिमा डा. रावल
वनजंगल संरक्षणमा यूवा तथा बिद्यार्थी सकृय
झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा १४ जना विद्यार्थिलाई पुरुस्कार वितरण