मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि छलफल तथा अन्तरकृया सम्म्पन्न

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि छलफल तथा अन्तरकृया सम्म्पन्न


अछाम : बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि बाल अधिकार समिति संग एक दिने छलफल तथा अन्तरकृया कार्यक्रम कमलबजारमा सम्म्पन्न भएको छ।

बाल अधिकार समिती सयोजक तथा कमलबजार नगरपलिका उप प्रमुख भुमिशरण ढकाल बज्गाइको अध्यक्षता र नगर प्रमुख ओमप्रकाश बिष्टको प्रमुख आतिथ्यमा बालबालिकाहरुका सवालहरुको स्थानीय स्तरमा अबस्था पहिचान गरि प्राथमिकिकरण गरिकारणहरु पत्ता लगाइ सवालहरु न्यूनीकरणका उपायहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्षहरु,निमित्त प्रमुख प्रशाशकिय अधिकृत विषयगत शाखाका प्रमुख ,ईलाका प्रहरि कार्यलयका प्रतिनिधि ,अपांग तथा बालबालिका को उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजिकरण आस्था नेपालका फिल्ड अधिकृत कुलबहादुर रावत र सामाजिक परिचालक लबजङ कुवर र तित बहादुर बिकले गगरेका थिए भने संचालन महिला तथा बाल बालिका शाखा प्रमुख डम्बरा ढुंगानाले गरेकी थिइन्।