प्रदेश समाचार

पालिका अध्यक्ष वोहरा नेतृत्वमा निर्माणाधीन पुलको अनुगमन

अछाम : जिल्लाको मेल्लेख गाँउपालिका अध्यक्ष लोकबहादुर वोहरा नेतृत्वको एक टोलीद्धारा बुढीगंगा हाईडोपावर निमार्ण स्थलमा निमार्ण भइरहेको पुलको अनुगमन निरिक्षण गरेको छ ।

मेल्लेख गाउँपालिकालाई जोड्न फास्ट ट्रयाकको रुपमा मानिएको ठाठी हात्तीकोट मेल्लेख सडकलाई तत्काल सुचारु गर्नको लागी होम पाईपको सहायताले अस्थायी काठको पुल निमार्ण समेत गर्न लागिएको अध्यक्ष वोहराले वताए ।

आजवाट काम सुरु गरेर दुई तीन दिनमा काम सक्ने लक्ष्य लिइएको उनको भनाई छ । पुल निमार्णको काम भईरहदा गाडी आवतजावतको असहजताले हात्तीकोट र कुस्कोटका जनतालाई सास्ती भोग्न नपरोस भनेर अस्थायी पुल निमाण गरिएको उपाध्यक्ष धनवहादुर शाहीले् वताए ।

अनुगमन निरिक्षणमा गाउपालिका अध्यक्ष वोहरा, उपाध्याक्ष शाही सहित नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, पत्रकार लालवहादुर चदारा लगाएतको सहभाभगिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई, अप्ररेसन्स प्रमुखमा रिमाल
प्रतिष्ठानको उपकुलपतिमा डा. रावल
वनजंगल संरक्षणमा यूवा तथा बिद्यार्थी सकृय
झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा १४ जना विद्यार्थिलाई पुरुस्कार वितरण