मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाठमा परोपकारी काम

सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाठमा परोपकारी काम


अछाम : मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी धर्मपत्नी स्वास्थ्यकर्मि ईन्दुु केसी सोडारीले आफ्नो बैवाहीक बर्ष गाठको अवसरमा बिरामीलाई फलफुल वितरण र क्यान्सर पिडीतलाई आर्थिक सहयोग गर्नु भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउ घर भएका सोडारी दम्पतीले बैवाहीक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई फलफुल वितरण सहीत क्यान्सर पिडीत मंगलसेन नगरपालिका वडा नम्बर ७ का सुकी दमाईको उपचारका लागी नगद ५ हजार आर्थिक सहयोग गर्नु भएको हो ।

आफुले सामाजिक अभियानलाई बहन गर्दै सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ सहयोग गरेको अधिकृत सोडारीले बताउनु भयो । अस्पतालका बिरामीलाई फलफुल वितरण गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गर्नुु भएको थियो ।

फलफुल वितरण कार्यक्रममा सोडारी दम्पती सहीत जिल्ला अस्पताल अछामका प्रमुुख डाक्ट्र सोनालीका बनस्कोटा, डाक्ट्र अतुल भारद्धाज, नर्सिग ईञ्चार्ज गँगा बुढा मगर, मंगलसेन नगरपालिकाका कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

क्यान्सर पिडीत सुकी दमाईको लागी आर्थिक संकलन ग्रहण गर्दै उपचारका लागी आर्थिक संकलन अभियान चलाई रहेका मंगलसेन वडा नम्बर ७ का युवा समाजसेवी नम बहादुर बिष्टले उहाँको उपचारका लागी अभियान जारी रहेकाले हाल काठमाण्डौँको ट्रमा सेन्टरमा उपचार जारी रहेको बताउनु भयो । हरेक क्षेत्रबाट प्राप्त रकम सम्बन्धीत ब्यक्तिको खातामा प्रत्येक जम्मा गर्दै आएको बताउनु भयो ।