मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफन्त गुमाएका परिवारलाई आर्थिक सहयोग

आफन्त गुमाएका परिवारलाई आर्थिक सहयोग


अछाम : बान्नीगढी जयगढ गाउपालीका वडा नम्बर ५ कालिका सुगाली घरभई हाल साउदी अरब रहनु भएका लोकमान रावल र अर्घाखाँची जिल्ला घरभई साउदी अरब रहनु भएका भोजराज खनालले गत भदौ २ गतेराती कैलाशखोलामा आएको बाढिले ज्यान गुमाएका ८ परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर पत्रकार कमल रावल मार्फत प्राप्त २२ हजार रकम प्रेस संगठनका केन्द्रिय सदस्य राजेन्द्र कुवरको नेतृत्वमा गएको पत्रकारको टोलिले ८ परिवारका सबै आफन्तको घर रामारोशन गाउपालिका वडा नम्बर ५ को शैनिबजारमा पुगेर हस्तान्तरण गरेको हो ।

५ परिवार गुमाएका नन्दु साउदका छोरी रुबीना साउदलाई ५ हजार, ५ जना आफन्त गुमाएका सरिता शाहलाई ५ हजार र अन्य ६ परिवारलाई २÷२ हजारका दरले आर्थिक सहयोग गरिएको हो । आर्थिक रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका सचिव होम साउद, रेडियो जनप्रियका कार्यकारी निर्देशक तपेन्द्र कुवर, रेडियो बान्नीगढीका निर्देशक धनराज साउद, रेडियो रामारोशनका विक्रम परियार, पत्रकार कालु बोहराको सहभागीता रहेको थियो ।

समाजसेवा तथा गायक क्षेत्रमा लागेका रावलले पिडामा परेका टुहुरा, असहायक, गरिब नेपालीलाई आगामी दिनमा आफ्नो तर्फबाट सहयोग जारी रहने बताए । हालै प्रदेश मेरा भाग देउडा गित मार्फत मार्फत गायन क्षेत्रमा लागेका रावलले पिडीत नागरिकको पिडामा मलम लाउन आफु जहीले पनी लागि रहने बताए ।

यसअघि रावल र खनालले आमा बुवा गुमाएर टुहुरा बनेका मंगलसेन नगरपालीका वडा नम्बर ३ का १५ बर्षिय रचना बिष्ट, १२ बर्षिय रेजिना बिष्ट र ८ बर्षिय समिर बिष्टलाई १० हजार आर्थिक सहयोग गरेका थिए ।