मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फुलबुटे सारी’ लिजेन्डरी भर्सनमा मदनकृष्णको स्वर

‘फुलबुटे सारी’ लिजेन्डरी भर्सनमा मदनकृष्णको स्वर


काठमाडौं । चर्चित गीत ‘फुलबुटे सारी’को मेल, फिमेल र बेबी भर्जनपछि अब लिजेन्डरी भर्जन पनि आउने भएको छ । यसको लिजेन्डरी भर्जनमा दिग्गज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर सुन्न पाइनेछ ।

पार्किन्सनका कारण गायन क्षेत्रबाट करिब बिदा लिइसकेकामा राजनराज शिवाकोटीको प्रस्तावलाई नकार्न नसकेर यसमा स्वर दिन तयार भएको कलाकार श्रेष्ठले जानकारी दिएका छन् । “फेरि एकपटक पुराना गायक भर्सनका रुपमा मलाई पनि गाउन लगाइएको छ ।

पार्किन्सनका कारण मैले गायन क्षेत्रबाट करिब करिब बिदा नै लिइसकेको थिएँ तैपनि राजनराज शिवाकोटी भाइले ल्यानुभएको प्रस्तावलाई नकार्न मन लागेन । एकपटक कोसिस गरेर हेरुँ न तजस्तो लाग्यो र प्रयास गरेँ…” कलाकार श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

अन्तमा उनले ठट्यौली पारामा लेखेका छन्, “यो गीत गाउँदा मलाई न्वारानदेखिको बल निकाल्न परेको थियो हाहा…”

लिजेन्डरी भर्जनको गीत यही फागुन ४ गते श्रीपञ्चमीको दिन सार्वजनिक हुँदै छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिँदै छन् । शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको अघिल्लो तीन भर्जनमा गायक मार्मिक लामा, मिलन नेवार र अरिश्मा सिवाकोटीले स्वर भरेका हुन् ।