मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ हुने

प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ हुने


अछाम । स्वच्छ गाउ स्वच्छ शहर लागु औषध न्यूनिकरण गर्ने हाम्रो रहर भन्ने मुल नाराका साथ प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ हुने भएको छ ।

चेतना जनजागरण युवा क्लब र कमलबजार बजार ब्यबस्थापन समितिकाृे सझेदारीमा महोत्सव संचालन हुने भएको हो ।

महोत्सव आउने फागुन २३ गते देखि २८ गते सम्म हुने बाइएको छ । महोत्सबका संचालनका लागि चेतना जनजागरण युवाकलब, कमलबजार बजार ब्यबस्थापन समिति र कमलबजार नगरपालिका बिच छलफल भएको छ ।

चेतना जनजागरण युुवा क्लबका अध्यक्ष नृप बहादुर साउदको अध्यक्षतामा बसेको बैठकमा कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकास बिष्ट, बजार ब्यबस्थापन समितिका अध्यक्ष कासिराम बजगाइ, सचिब लोकेन्द्र चलाउने लगायत कमलबजार स्थित व्यापारी बुद्धिजिबी समाजसेवी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।