बिदेश

सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

काठमाण्डाै – द्वन्द्वग्रस्त देश यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले शुक्रवार सार्वजनिक गरेका विवरणहरुकाअनुसार उनीहरु ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् । 

लामो समयदेखिको द्वन्द्वका कारण अति गरिब देशमा पर्न गएको यमनमा द्वन्द्व र गरिबीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।  यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसङ्घीय निकायले उल्लेख गरेको छ । 

भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो वर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशङ्का गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्बन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् । 

राष्ट्रसङ्घीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् । ‘अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि सङ्घर्ष गर्नु पर्ने भएको छ,’ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भन्नुभयो । 

उहाँले सार्वजनिक गरेको तथ्य तथा विवरणहरू खाद्य तथा कृषि संगठन, यूनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेका हुन् । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांसदहरुले लगाए कोरोना विरुद्धको खोप
विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते
विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता
१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी