बिबिध

शताब्दी पुरुष जोशी दम्पतीबाट शरीर दानको घाेषणा

ललितपुर– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आआफ्नो शरीर दान घोषणा गरेका छन्। जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान दिने घोषणा गरेका हुन्।

नइ प्रकाशनद्वारा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किस्ट मेडिकल कलेजलाई अर्पण गरेको जानकारी दिए। 

१०१ वर्षीय शताब्दी पुरुष सत्यमोहन र ९६ वर्षीया राधादेवीको हस्ताक्षरसहितको किस्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरीपत्रमा उनीका छोरा अनुराज जोशीको सहमतिको समेत हस्ताक्षर छ।  

शताब्दी पुरुष जोशीले आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेको बताए। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशी हामी सबैका गौरव, प्रेरणा र आदर्श रहेको बताए। 

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित घोषणा सभामा किस्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्की र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जोशीको महानता, सरलता र दूरदर्शी भावनाको प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांसदहरुले लगाए कोरोना विरुद्धको खोप
विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते
विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता
१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी