मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैबाहिक बर्षगाठको अवसरमा अस्पताललाई आर्थिक सहयोग

वैबाहिक बर्षगाठको अवसरमा अस्पताललाई आर्थिक सहयोग

सुदूर आज

अछाम : एक बिबाहित जोडीले बयालपाटा अस्पताललाइ आर्थिक सहयोग गरेका छन्। आफ्नो बैबाहिक बर्षगाठको अवसर पारेर वयलपाटा अस्पताल आर्थिक सहयोगगरेका हुन् ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्वर ५ नवाठाना निवासी सुनिल कुवर र आशा थापाको अस्पताललाई सहयोग स्वरूप ७ हजार नगद आर्थिक सहयोगगरेका हुन् ।

दम्पतिले वैबाहिक बर्षगाठका अवसरमा हुने खर्चलाई घटाएर दिन दुखीको सेवा गरिरहेको अस्पताललाइ सक्दो सहयोग गर्दा बिरामीको उपचारमा राहत हुने जोडीले बताएका छन ।

यस्ता उत्सवको अवसरमा अनावश्यक खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा सहयोग गर्नु परोपकारी काम हुने उनीहरुको भनाई थियो। साथै उनिहरुले समाजका अन्य व्यक्तिहरुलाई पनि उत्सवमा हुने खर्चलाई कम गर्दै समाजिक काममा सहयोग गर्न पनि आग्रह गरेका छन ।

आउने दिनमा पनि अस्पताल लगायत आर्थिक अवस्था कमजोर भएका वर्गहरुलाई सहयोग गर्ने उनीहरुको प्रतिबद्धता थियो । नवाठाना निवासी कुवर जिल्लाको कमलबजारमा कार्यरत हुनुहुन्छ भने थापा बाजुराको एक स्वास्थ्य चौकिमा कार्यरत हुनुहुन्छ ।

सहयोग रकम बुझ्दै अस्पतालका डा मनदीप पाठकले उनीहरुलाइ धन्यवाद दिदै सुखद बैबाहिक जीवनको कामना गरेका थिए। समाजमा नया तथा सकारात्मक कामको सुरुवात गरेको भन्दै डाक्टरले जोडीको प्रशंसा गरेका थिए।