मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन थ्यायतको पहलमा क्यान्सर पिडित सुकीलाई ३० हजार आर्थिक सहयोग

मोहन थ्यायतको पहलमा क्यान्सर पिडित सुकीलाई ३० हजार आर्थिक सहयोग


अछाम : क्यान्सर रोगबाट ग्रसित सुकी दमाईलाई अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ ।  अछामको मंगलसेन नगरपालिका वडा नं ७ की सुकी दमाईको उपचारका लागि हाल अमेरिकामा रहेका मोहन थ्यायतको पहलमा ३० हजार आर्थिक सहयोग जुटेको धनगढीका सामाजिक अभियन्ता मोहन खड्काले बताए ।

आर्थिक अवस्था निकै कमजोर भएको कारण अहिलेसम्म उपचार हुन् नसकेको उनका श्रीमान झन्करे दमाइले बताए । पहिले पाखुरामा सानो घाउ भएको र अहिले आएर त्यो त्यो पाखुरामा क्यान्सर रोग लागेको उनले बताए । उनको समस्या सुनिसकेपछि अमेरिकामा बस्दै आएका मोहन थ्यायत, ललित चन्द, भरत बिष्ट, भरत भन्डारि, इन्द्रा शाहिको थतर्फबाट सो रकम पठाएको मोहन थ्यायतले जानकारी दिए ।  

सानो पैसा को लागि कसैको मृत्यु नहोस भन्ने उदेश्यका साथ सो रकम पठाएको उनको भनाई छ । पछिल्लो समय थ्यायतले समस्यामा परेका व्यक्तिहरुलाई लाखौं रुपया सयोग गर्दै आएका छ्न् ।

धनगढीका अभियान्ता मोहन खड्काका मार्फत सो रकम छिटै पिडितलाई हस्तान्तरण हुने जनाएको छ । सुकीको उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्नुका साथै, नगर तथा सरोकारवालालाई पनि सहयोगको माग गरेका छन् ।

सुकीको उपचारका लागि तपाई पनि सहयोग गर्नु चाहानु हुन्छ भने बैँकको खाता नम्बर र सम्पर्क व्यक्तीको बिबरण यसप्रकार रहेको छ ।

खाता नं. ०१९१०९०१७३६०४०१
खातावालाको नाम झंकरे दमाई ।
ग्लोबल आईएमी बैँक मंगलसेन शाखा
सम्पर्क नं. ९७४१७८४५२८
मोहन खड्का  ९८४४३५१२५७